लन्डन । साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टले शुक्रबार सांझ लाइभ दोहोरी कार्यक्रम गरेको छ । कार्यक्रममा लोकगायक गायिका जुना श्रीस मगर र बीरु लामाको दोहोरी गीतमा सहभागी मज्जाले नाचे । ति गायक गायिकाले एकल र दोहोरी गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिए ।
तामाङ समाज यूकेका सल्लाहकार, कोडेक यूकेका उपाध्यक्ष एवं धादिङ नुवाकोट समाज यूकेका सचिव धन बहादुर तामाङले सञ्चालन गरेको पहिलो संक्षिप्त औपचारिक कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक देव गुरुङले ब्रेन्ट काउन्सिलका डेपुटी मेयर काउन्सिलर भगवानजी चौहान दम्पत्ति र कलाकारहरुलाई खादाले सम्मान गरेका थिए । मन्तव्यका क्रममा ब्रेन्ट काउन्सिलका डेपुटी मेयरले आफूलाई निम्त्याएकामा खुशी व्यक्त गर्दै कलाकारलाई शुभकामना दिए । उनी कलाकार र दर्शकसंगै लोकगीतमा नाचे पनि ।
एनआरएनए यूके आइसी सदस्य कृष्ण तिमिल्सिना, पूर्व महासचिव रामशरण सिम्खडा, यती एसोसिएसन यूके अध्यक्ष पिपला देवान,तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, यती पूर्व अध्यक्ष उमेश मोक्तान, व्यवसायी कमल पौडेल,बल रायमाझी,तमुधि युके लण्डन इकाईका अध्यक्ष डेभिड गुरुङ, लन्डन नेपाल न्यूज डटकमका प्रवन्ध निर्देशक इन्जिनियर राजकुमार त्रिपाठी, राज बिष्ट, कान्तिपुर दैनिकका बेलायत संवाददाता एवं वीनेपालीडटकमका प्रधान सम्पादक नवीन पोखरेल, लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी, बेलायतस्थित नेपाली कांग्रेसका युवा नेता यूवराज गुरुङ, तस्बिर लामा,डा.मिन रानाभाट लगायत सयौं सहभागी थिए ।
सञ्चालक गुरुङले अब प्रत्येक शुक्रबार आफ्नो रेष्टुरेन्टमा दोहोरी सांझ सञ्चालन गर्ने जनाएका छन् ।






