नेपाली मेलामा ७ हजार सहभागी हुने, ३० भन्दा बढी संघ संस्था सहभागी हुने

14012319_10207006519830292_1260094698_oलन्डन– बेलायतमा आइतबार हुने नेपाली मेलाको तयारी पूरा भएको छ । आइतबारदेखि सुरु हुने आठौं नेपाली मेलामा ३० बढी नेपाली संघ संस्था सहभागी हुने आयोजकले जनाएको छ ।

शनिबार केम्पटेन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेका मेला संयोजक नन्दजंग गुरुङले मेलामा नेपाली दूतावाससहित अफगानिस्तान, मेसोडोनिया, म्यानमार, मंगोलिया, गोयना, श्रीलंका, सेसेली, लाओस लगायत १५ देशका डिप्लोमेटहरु ९चार्ज डि अफेयर्ससहित० सहभागी हुने जानकारी दिए ।

मेलाको प्रमुख अतिथि कार्यवहाक राजदूत शरदराज आरन हुनेछन् भने अन्य २०० जना विशिष्ठ व्यक्तित्व अतिथिका रुपमा सहभागी हुने अपेक्षा छ । लन्डन मेयर सादिक खानले भने मेलामा उपस्थित हुन नसक्ने जानकारी दिएका छन् ।

नेपाली कला, संस्कृति झल्कने उक्त मेलाका लागि कम्तीमा तीस हजार पाउण्ड खर्च हुने आयोजकले जनाएका छन् । मेलामा ७ हजारभन्दा बढी सहभागी हुने अपेक्षा आयोजकको छ ।

मेला प्रवेश शुल्क ५ पाउण्ड तोकिएको छ भने १२ वर्ष मुनिकालाई ३ पाउण्ड, कार पार्क ५ पाउण्ड, कोच पार्क १० पाउण्ड लिइने आयोजकले जनाएका छन् ।

मेलामा खाना र च्यारिटीका स्टल, म्यूजिक कन्सर्ट, ट्होटे पर्व, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्र आदि प्रमुख आकर्षण हुनेछन् । राफल ड्रको पहिलो पुरस्कार ट्राभल कन्सोलका बिराज भट्टले नेपाल जाने आउने हवाइ टिकेट प्रायोजन गरिदिने भएका छन् भने अन्य पुरस्कारहरु ल्यापटप, ट्याबलेट राखिएको छ ।

मेलामा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने संस्थालाई एम्बासडर कपसहित पुरस्कृत गर्ने तमुधिं यूकेको योजना छ ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङले मेलामा सहभागी भएर सफल पारिदिन सबैमा आग्रह गरे । पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञाम गुरुङ लगायत सहभागी थिए ।