काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको आह्वान गर्दै पठाउनुभएको पत्र आन्दोलनरत दलका नेताले बुझ्न थालेका छन् ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत संघीय गठबन्धनका दललाई आइतबार दोस्रो पटक वार्ताको पत्र पठाउएकोमा आइतबार पत्र बुझ्नेक्रम सुरु भएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आज सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, सङ्घीय सदभावना पार्टीका अध्यक्ष अनिल झा र मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले पत्र बुझेका छन् ।
संविधानमा आफ्ना मुद्वा सम्बोधनको माग गर्दै हाल उनीहरु टुँडिखेल खुलामञ्चमा रिले अनसनमा छन् ।






