
काठमाडौं- ३ किलो कोकिन सहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण व्युरोले ठमेलबाट आइतबार बिहान पक्राउ गरेको हो । बोलेभियन नागरिकले ल्याएर छाडेको कोकिन लिन जाँदा विशेष सुराकीको आधारमा व्यूरोले उक्त चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला दोङदोङ पक्राउ परेकी थिइन् ।
यो साता प्रहरीले २ किलो ६ ग्राम कोकिन सहित भारतीय तोहिद खान, नाइजेरियाली महोम्मद डोबा, भेनेजुयाली एम्रिस कार्मिन र नेपाली दिलबहादुर गुरुङ समातेको थियो ।






