राज्यले नै युवालाई विदेश धकेलिरहेको छ : डा. लोहनी

images

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राज्यको नीति नै स्वदेशमा रोजगार सिर्जना गर्नेभन्दा वैदेशिक रोजगारलाई प्राथमिकता दिने रहेकाले मुलुकको सम्बृद्धि हुन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रले आयोजना गरेको कार्यक्रममा उहाँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग गठन गर्ने तर स्वदशी रोजगार प्रवद्र्धन बोर्ड गठन नगर्नुले राज्य जसरी हुन्छ युवालाई वैदेशिक रोजगारीमा पठाउने ध्याउन्नमा रहेको प्रष्ट हुने बताउनुभयो ।

उहाँले बहुदल आएपछि स्वदेशमा रोजगारी घटेको तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो– “विसं २०४९ सम्म उद्योगमा दुई लाख २३ हजार मजदुर कार्यरत थिए, २२ वर्षपछि अहिले उद्योगमा काम गर्ने मजदुरको सङ्ख्या घटेर दुई लाख चार हजारमा सीमित भएको छ ।”