लण्डन । नेपाली समाज नटिङ्घमले अप्रिल ११ तारिख सोमवारका दिन स्थानीय हाईसन ग्रीन युथ क्लब नटिङ्घममा नेपाली नया वर्ष को शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले एक विशेष कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन पाण्डेको सभापतित्वमा र संस्थाका महासचिव गोबिन्द खरेलद्वारा संचालन गरिएको उक्त कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय रामजी खांड तथा गायिका देविका केसीले विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाली समाज नटिङ्घमका संस्थापक तथा साझा नेपाली समाज वेलायतका वर्तमान अध्यक्ष रण बहादुर केसी , नटिङ्घमका लागि “द शरिफ ओफ नटिङ्घम“ मोहम्मद साघिर , हाम्रो नेपाली समाज वोल्भरह्याम्टनका उपाध्यक्ष गोमा पौडेल , नेपाली समाज नटिङ्घम निवर्तमान अध्यक्ष श्री बिष्णु चालिसे, भूतपूर्व अध्यक्ष श्री तारानाथ भण्डारी सहित अन्य संघ संस्थाका प्रतिनिधी विशेष अतिथी थिए ।
संस्थाका अध्यक्ष तथा “द शरिफ ओफ नटिङ्घम“ मोहम्मद साघिरद्वारा संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रम को शुभारम्भ गरिएको थियो । स्थानीय कलाकार हरूबाट राष्ट्रीय गान र राष्ट्रीय धुन बजाईएको थियो । संस्थाको तर्फबाट श्री बिष्णु चालीसले उपस्थित सबैलाई स्बागत भाषण र नया वर्षका शुभकामना दिएका थिए ।
नटिङ्घम सिटी काउन्सिल बाट “द शरिफ अव नटिङ्घम“ द्वारा नेपाली नया बर्ष को शुभकामना प्रदान गर्नु का साथै नेपाली समाज नटिङ्घमलाई आवश्यक परेको खण्डमा सिटी काउन्सिल तथा सम्बन्धित निकाय द्वारा पाउन सक्ने सुबिधा तथा सम्भावना को बारेमा जानकारी दिएका थिए ।
मन्तव्यका क्रममा नेपाली समाज नटिङ्घमका संस्थापक तथा साझा नेपाली समाज वेलायतका वर्तमान अध्यक्ष रण बहादुर केसीले नयां वर्षको शुभकामना दिंदै कुनै जाती विशेष मात्र नभइ समग्र नेपाली समाजलाई प्रतिनिधित्व गर्दै नयां वर्ष मनाइएको जनाए ।
अध्यक्ष प्रविन पाण्डेले नया बर्ष को शुभकामना मन्तव्य राख्दै आफनो कार्यकालमा समाज को हितको लागि तथा नेपाली संस्कृति तथा परम्परा बचाई राख्नको सधै सबैको साथमा रहेर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।![12472703_1113399768702263_5125674821351901041_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12472703_1113399768702263_5125674821351901041_n1.jpg)
![12963823_1113399662035607_1628409380064872358_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12963823_1113399662035607_1628409380064872358_n1.jpg)
![12993512_1113400162035557_2302258672801855737_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12993512_1113400162035557_2302258672801855737_n1.jpg)
![13015359_1113399625368944_4921920988447107433_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13015359_1113399625368944_4921920988447107433_n1.jpg)
![12985482_1113399975368909_8222958562545739071_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12985482_1113399975368909_8222958562545739071_n1.jpg)
![525445_478748685513163_606000550_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/525445_478748685513163_606000550_n1.jpg)






