गैरआवासीय नेपालीसँघ युके र एनसीआई कोपरेटिव संग संगलग्न उद्यमीहरुको एउटा टोली भर्खरै डेनमार्क पुगेर आएको छ। गैरआवासीय नेपालीसंघले कल्याणकारी कार्यहरुका साथै अर्थिक स्तर उकासना मदत् पुग्ने ब्यबसायिक गतिबिधिहरु अगाडि बढाउने निती अनुरुप अंतरास्ट्रीय बजारमा डेन्मार्कको उत्पादन हरु , बस्तुस्थिती तथा लगानीको सम्भब्यता अध्ययन गर्न गएको उक्त टोलीले गैरआवासीय नेपाली संघ आइ सि सि सदस्य श्री सोम सापकोटा ,डेन्मार्कका लागि नेपालका राजदुत श्री मुक्ती नाथ भट्ट , राजदुतबास का डेपुटी चिफअफ मिसन श्री राम काजी खड्का सँग भेट गरेको थियो ।
उक्त समुहले नेपालमा सोलार र मिनरल वाटर(वाटर फिलटर ) प्रोजेक्टमा लगानी गर्न आवश्यक पूर्वाधारबारे त्यहांका सप्लायर र उत्पादक कम्पनीहरुसंग छलफल गरी बिस्तृत अध्ययन गर्ने काम गरिरहेको छ । उक्त टोलीले हिमालयन रेस्टुरेन्ट का राम महर्जन ,नमस्ते रेस्टुरेन्टका बोबी छेत्री लगायत डेन्मार्कमा बसोबास गर्ने गैरआबसिय नेपालिहरु सँग समेत भेटघाट गरेको थियो ।
एन आर एन आई सी सी सदस्य एबम नेपाल टूरिजम बोर्डका डेनमार्क प्रतिनिधि श्री सोम सापकोटा संग नेपालको पर्यटन प्रबधन तथा अन्य समसामायिक बिसयमा बिस्तृत छलफल भएको थियो ।आगामी अप्रैल २३ मा डेनमार्कमा हुने पर्यटन प्रबर्धन सम्बन्धी कार्यक्रम र आगामी जुलाई ३०,३१ मा हुने गैरआवासीय नेपालीसँघ यूरोप छेत्रिय सम्मेलन लाई सफलतापुर्बक सम्पन्न गर्ने बिसयमा समेत छलफल भएको थियो ।
उक्त टोलीमा ललित नेउपाने ,मोहन गुरुंग ,एलएन पाण्डे, अर्कराज तिम्सिना, सहदेव गिरी, शंकरजंग गुरुंग, सुरज केसी र लक्ष्मण शाह रहनु भएको कुरा एनआरएन यूके का सहकोषाध्यक्ष एबम बिजिनेस डेवेलोपमेंटबिभागका कोर्डिनेटर ललित नेउपानेले लन्डन नेपाल न्यूज डट कम सँगको टेलिफोन कुराकानीमा जानकारी दिनु भयो ।![12910845_1720975141514984_684384234_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12910845_1720975141514984_684384234_n1.jpg)







![12910158_1720967134849118_677941916_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12910158_1720967134849118_677941916_n1.jpg)