काठमाडौं- बेलायती राजकुमार हृयारी नेपाल आएका छन् । उनी कतार एयरवेजबाट काठमाडौं आएका हुन् । उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी टोलीमा ३५ सदस्य छन् ।
ह्यारीले शनिबार ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् भने आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ । ह्यारीले परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कुटनितिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुँदैछन् ।
ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुननिर्माणबारे जानकारी लिने कार्यक्रम रहेको छ । उनले भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपतकालीन उद्धार तथा आपूर्ति स्थलको अवलोकन गर्ने छन्






