लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी एक प्रतिष्ठित जर्नलको सम्पादकीय बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।
हालै बैंककमा सम्पन्न एसियन सोसाइटी अफ इन्टरनेशनल ल को पांचौं सम्मेलनले प्रा. सुवेदीलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशन हुने ‘एसियन जर्नल अफ इन्टरनेशनल ल’ को सम्पादकीय बोर्डको अध्यक्षमा मनोनयन गरेको हो ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशहरु, संयुक्त राष्ट्रसंघ सम्वद्ध इन्टरनेशनल ल कमिसनका सदस्यहरु तथा एसियासहित विश्वभरका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकहरुको सहभागिता थियो । सुवेदी ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष समेत हुन् ।







