आन्दोलन जारी राख्ने मोर्चाको निर्णय

Morcha

काठमाडौं- संविधान संशोधनलाई ‘नाटक’ भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।

मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले संशोधनले आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।

यस्तै, सोमबारै संघीय समाजवादी फोरमले पनि सरकार र ठूला दलहरु जबर्जस्तीरुपमा अघि बढेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।