लण्डन । नेपालका पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महत यहि जनवरी १८ तारिख सोमबार बेलायत आउने भएका छन ।
उत्कृष्ट अर्थमन्त्रीको अवार्ड वितरण कार्यक्रममा सहभागी हुन डा महत लण्डन आउने भएका हुन ।
डा महतलाई बेलायतको बैंकर नामक म्यागाजिनले हालसालै विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित गरेको थियो ।
वैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात महतले पूनर्निर्माणका लागि मित्रराष्ट्रहरुबाट सहयोग उठाउन गरिएको दाता सम्मेलन सफल बनाएको ठहर सो म्यागाजिनको थियो ।
यसैगरि उत्कृष्ट अर्थमन्त्रीको उपाधि लिन बेलायत आउन लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतसँग नेपाली जनसम्पर्क समिति बेलायतले एक बिषेश अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतका महासचिब शीव तिमिल्सीनाका अनुसार डा। महतको सम्मानमा १९ जनवरी साँझ ६ बजे वेष्ट लन्डनमा अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरिएको छ । कार्यक्रममा सहभागिताका लागि जनसम्पर्क समिति बेलायतले सबै नेपालीहरुमा आव्हान गरेको छ ।







