जेनी भटराई,लण्डन
साँच्चिकै हाम्रो देश विविध संस्कृति र जातीय सद्भावको अनुपम उदाहरण हो ,यतिबेला तमु अर्थात् गुरुङ समुदायमा ल्होसार पर्वको रौनक छ।स्वदेश तथा विदेशमा रहेका तमु अर्थात् गुरुङ समुदायले ल्होसार अर्थात् नयाँ बर्ष हर्षोल्लासका साथ मनाइरहेका छन् – ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ,तमुहरुको महान पर्व ल्होसार बेलायतबासी तमुहरुले पनि धुमधामले मनाउंदैछन ! तमु धिं युकेले हरेक वर्षजस्तै यस वर्ष पनि ल्होसार विशेष कार्यक्रम जनवरी ३ तारिख रेडिंगमा हुने कार्यक्रममा आयोजकका अनुसार बिहान एघारदेखि दिउंसो तीन बजेसम्म धार्मिक पुजाआजा गरिनेछ भने सांझ पांच बजेपछि औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।त्यस्तै तमु समाज युकेले जनवरी ३ तारिख ह्यारो लिजिर सेन्टरमा हुने कार्यक्रममा दिउंसो दुईदेखि चार बजेसम्म पुजाआजाको कार्यक्रम छ भने सांझ सांस्कृतिक तथा औपचारिक कार्यक्रम आयोजना हुनेछ । त्यस्तै बेलायतस्थित तमुहरुको अर्को संस्था तमु प्ये ल्हु संघ, तमु धिको लण्डन शाखा लगायतका अन्य तमु संघसस्थाले पनि ल्होसार मनाउन विभिन्न कार्यक्रम आयोजना गर्दैछन -यिनै ल्होसार विशेष कार्यक्रमक्रममा सहभागिता जनाउन नेपालबाट कैर्यौं कलाकार समेत बेलायत आइपुगेका छन !
तमुहरुको महान पर्व ल्होसार बेलायतबासी तमुहरुले धुमधामले मनाउंदै






