नाकाबन्दीपछि बदनाम भारतले ‘रअ’का नेपाल प्रमुख फेर्‍यो

काठमाडौं, २३ कात्तिक । नेपाल मालिलामा भारतीय संस्थापन पक्षलाई सधैँ विवादमा पार्ने गरेको खुफिया एजेन्सी रिसर्च एण्ड इनालासिस वीङ (रअ)को नेपाल प्रमुख फेरिएका छन् ।
काठमाडौंस्थित भारतीय राजदूतावासस्थित ‘रअ’को नयाँ हाकिम बनेका छन्, कृष्णा विवेक जोहरी । नेपालीहरूसँग पनि राम्रो सम्बन्ध भएका उनी मध्यप्रदेशका हुन् ।
जोहरी नेपालमा ‘रअ’को सेकेण्डम्यान भएर बसिसकेका तथा नेपालमा भिजेका र बुझेका भारतीय गुप्तचर अधिृकत हुन् ।
सहयोगी र भलादमी स्वभावका सभ्य रअ प्रमुख जोहरी कसैलाई नबिझाउने अधिकृतका रुपमा चिनिन्छन् ।
उनले २०१५ नोभेम्बर ४ तारिखबाट ‘रअ’को नेपालको नयाँ प्रमुखका रुपमा आफ्नो कार्यभार सम्हालेको स्रोतले जनाएको साँघु साप्ताहिकले छापेको छ ।