चीनको झण्डा जलाउने मधेसी मोर्चाका तीन नेता पक्राउ

police

वीरगञ्ज, १५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेता प्रहरी फन्दामा परेका छन् ।

आन्दोलनका नाममा चीनको झण्डा जलाएको आरोपमा आइतबार प्रहरीले संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका पर्सा जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफलाई वीरगञ्जबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

वीरगञ्ज-रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेर घर फर्कने क्रममा उनीहरु पक्राउ परेका हुन् ।