चलचित्रको पर्दामा नदेखिएपनि केही मोडलहरु म्यूजिक भिडियोबाटै चर्चामा छन् । कमाई नभएपनि चर्चाका लागि म्यूजिक भिडियो बनाउनेहरुको संख्या बढ्दै छ । जसका कारण पनि भिडियोले मोडलहरुलाई जन्माएको छ । म्यूजिक भिडियोमा अहिले धेरै देखिने मोडल हुन् सम्पदा बाँनिया ।
उनै सम्पदाले मोडलिङ गरेको ‘भट्टीकी साहुनी’ बोलको गीतको भिडियो तयार भएको छ । अतिस लामाको शब्द र स्वर रहेको गीतमा अतिस लामा र विक्रम थापाको संगीत छ । भिडियोमा किरण लाकाैल र सम्पदा बाँनियाले मोडलिङ गरेका छन् ।
अर्जुन पोख्रेलको सम्पादन रहेको भिडियोमा छायांकन तथा निर्देशन श्रीधर पौडेलको छ । श्रीधरले पछिल्लो समय निरन्तर भिडियो निर्देशन गरिरहेका छन् । स्वणिर्म इन्टरटेन्मेन्टले यो भिडियोलाई तयार पारेको हो ।



















