साइप्रस-गैर आवासीय नेपाली संघ साइप्रसको छैटौ अधिवेशन साइप्रस को राजधानी निकोसियामा सम्पन्न भएको छ । कार्यक्रमका सभापति रंजित कुमार महतो र प्रमुख अतिथि उत्तम कुँवरले सम्मेलनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा महासचिब सन्तोष बडालले (२०१३ -२०१५) कार्यकालको प्रतिबेदन पेस गरेका थिए भने कोषाध्यक्ष रामजिन शाहले आर्थिक प्रतिबेदन पेस गरेका थिए । आइतबार सम्पन्न संघको छैटौं अधिवेशनले श्री सुबास मल्ललार्इ (२०१५ २०१७) कार्यकालका लागि सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरेको छ । निकोसिया स्थित नेपाली रेस्टुरेन्टमा आयोजित साधारणसभामा पूरै कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ ।
संघको उपाध्यक्षमा बिरन पुन, अन्तेस राउत, महासचिवमा सन्तोस बडाल, सचिवमा बिमल रानाभाट , प्रवक्तामा बिसु पाण्डेय , कोषाध्यक्षमा रामजिन शाह , सह कोषाध्यक्षमा जिना गुरूङ निर्विरोध भएका छन् । यस्तै कार्यसमितिको सदस्यमा च्याङगा डोल्मा शेर्पा, रूबिना थापा , अम्बा पिया कास्यथ, शान्ति राई चयन भए । साथै महिला संयोजक जसमाया पुन (घर्ति), याङजिन लामा (यानकी ह्योलोमो), युवा संयोजक उत्सव घले ( योवंग ) चयन गरिएको छ ।
यसैगरी सभाले साइप्रसबाट अाइसीसीमा रंजित कुमार महतोले प्रतिनिधित्व गर्नेछन्। सभामा निर्बाचन कमिटिका सुरेश साह, निरज खनाल, श्रीमती सोना श्रेष्ठ र पूर्व अध्यक्ष चन्द्र किसोर शाहले पुरानो कार्यकाललाई बिदाई गर्दै नयाँ कार्य समिति २०१५-२०१७ लाई शुभकामना ब्यक्त दिएका थिए ।






