काठमाडौं, ८ भदौ । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति तथा कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् र नेताहरुले सोमबार टीकापुरमा भएको घट्नाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले सुनियोजित ढङ्गले टीकापुर घटना घटाएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने जिकीर गरे ।






