कोरिया पुगेको एकसातामै साथीको हत्या

korea___53175
 
काठमाडौं:  दक्षिण कोरिया पुगेको सात दिनमै सँगै काम गर्नै नेपाली युवालाले अर्का नेपाली युवालार्इ चिर्पटले हानेर हत्या गरेका छन् ।
 दुई साताअघि मात्रै रोजगार अनुमति प्रणाली (इपिएस) बाट कोरिया आएका काभ्रेको संखु गाविस(५ ३६ वर्षीय सुदीप राउतलाई भोजपुरका ३४ वर्षीय पर्शुराम राईले चिर्पटले हानेर हत्या गरेका हुन्।
 राउत र राईबीच बिहीबार साँझ विवाद भएपछि राति उठेर पर्शुरामले सुदीपको ज्यान लिएका हुन् । समाचार अनुसार झगडापछि सुदीपले आफूलार्इ खानामा विष खुवाएको भन्दै पर्शुरामले चिर्पट हानेका थिए ।

 कोरिया आएदेखि नै मानसिक समस्यामा रहेका पर्शुरामले सुदीपको टाउकोमा चिर्पट हानेका थिए । घटनाको छानविन भइरहेकाले पर्शुराममाथि हुने सजायको टुंगो लागेको छैन।