फडिन्द्र भट्टराई
लन्डन,
जुलाई ३० २०१५, आगामी अगस्त २ तारिक बेलायतको मेड्स्टोन केन्टमा गुल्मी जिल्ला समाज युकेले आयोजना गर्न लागेको बार्षिक समर भेटघाट कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुति लिएर नेपालका चर्चित लोक गायक द्वय प्रसाद मगर र मंजु पौडेल लन्डन आईपुगेका छन ।
उनीहरुलाई स्वागत गर्न गुल्मी जिल्ला समाज युके का पदाधिकारी हरु आज लन्डनको हिथ्रो बिमानस्थल पुगेका थिए । विमानस्थलको आगमन कक्षमा उनीहरुलाई अध्यक्ष अर्जुन गौतमले पुष गुच्छाले स्वागत गरे । उक्त अवसरमा संस्था महासचिव राम गलामी, सचिव शिव भण्डारी, कोषध्यक्ष टोप पल्ली एबम सदस्य बिर बलाल तथा सल्लाहकार गोकर्ण बस्नेत,ओम बुडाथोकी भारसेली समाज का अध्यक्ष श्री मेग बहादुर थापा लगायतको उपस्थिति थियो ।
आगमन पछीको प्रतिक्रियामा कलाकारहरुले आफुहरुलाई निमन्त्रणा गर्ने गुल्मी जिल्ला समाज युके लाई धन्यबाद दिदै सम्पूर्ण बेलायत वासी नेपालीहरु लाई आगामी अगस्ट २ तारिकको कार्यक्रममा उपस्थित भएर मनोरंजन लिन आवहान गरेका थिए । आमन्त्रित कलाकार दुवै नेपालमा गुल्मी जिल्लाकै वासिन्दा हुन ।
गुल्मी जिल्ला सामाज युकेले प्रत्यक वर्ष आयोजना गर्ने बार्षिक समर भेटघाट कार्यक्रममा नेपाली लोक सांस्कृतिक प्रस्तुति सहितको प्रत्यक्ष गुल्मेली नौमती बाजा. गुल्मेली डम्फु मादल लोक झ्याउरे, खेलकुदमा बिशेष गरेर भलिवल लगायतका अनेकन मनोरन्जनात्मक गतिविधिहरुको साथमा हुने ओपन बार्बेक्यूले बेलायतका नेपाली जनमानसमा चर्चा पाउने गरेको छ । कोषाध्यक्ष टोप पल्लिले यस बर्षको कार्यक्रममा पनि झन्डै एक हजार बेलायति गुल्मेलीहरु कार्यक्रममा सहभागी हुने अपेक्षा रहेको जनाएका छन ।
महासचिव राम गलामिका अनुसार यस वर्षको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको छ । प्रत्यक्ष प्रशारण यसैबीच बेलायतका बिभिन्न नेपाली कार्यक्रमहरुको लाइभ प्रशारण समेत गर्दै आइरहेको रेडियो राइनो र गुल्मीमा रेसुंगा एफएमले उपरोक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने भएका छन । कार्यक्रमको प्रत्यक्ष प्रसारण बेलायतको स्थानीय समय दिनको १२ बजे देखि र नेपाली समय दिनको ४:४५ बजे देखी शुरु हुने भएको छ ।
समाजको मेडिया जानकारी अनुसार कार्यक्रमको प्रत्यक्ष प्रशारण www.radiorhino.net र नेपालमा गुल्मीको रेसुङ्गा एफएम मा १०२.६ अर्थात www.radioresunga.com.np मा ट्युन इन गरेर सुन्न सकिने छ । कार्यक्रमको स्वाद नेपालका गाउ ठाउ सम्म र बेलायतमा कारणबस उपस्थित हुन नसकेकाले समेत लिन सकुन भनेर प्रत्यक्ष प्रशारण को व्यवस्था गरिएको हो ।






