लण्डन–
गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्ष पदमा सूर्य नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सेप्टेम्बर २० मा हुने एनआरएन यूकेको यो छैटौं अधिवेशन हो । ![11756449_10204628945792427_316586517_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11756449_10204628945792427_316586517_n1-150x150.jpg)
उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका प्रत्यासी नेम्वाङले उम्मेदवारी घोषणापत्रमा भनेका छन्– ‘एनआरएन यूकेको छैटौं अधिवेशनलाई सफल बनाउँदै हाम्रा एजेण्डाका बारेमा छलफल र संवादमा केही समय व्यस्त भएँ ।
हाम्रासामु रहेका एजेण्डा लागू गराउन मैले नै नेतृत्व दिनुपर्ने अवस्था आयो ।’ विगतदेखि वर्तमानसम्म साथ दिने सल्लाह सुझाव दिने सम्पूर्ण सदस्यहरुको आग्रहअनुसार आफूले उम्मेदवारी दिन लागेको घोषणा पत्रमा नेम्वाङले उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘आशा छ तपाईं अग्रजहरुले मतदान गरी मलाई विजयी गराउनु हनेछ ।’
उम्मेदवारी घोषणामा नेम्वाङले भनेका छन्, ‘लामो समयदेखि साथै हिडेका र एनआरएनको आन्दोलनलाई बुझेका अनुभवी बौद्धिक व्यक्तित्व आफूसँगै महासचिव पदमा लिएर अघि बढ्ने निर्णय लिएको छु ।’![11759396_10204629134397142_2147473960_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11759396_10204629134397142_2147473960_n1-300x225.jpg)






