बेलायतबाट नयाँ न्यूज प्रोटल लण्डन नेपाल न्यूज डटकम सुरुवात भएको छ । अनलाइन न्यूज प्रोटलको प्रधान सम्पादकको जिम्मेवारी शिव भण्डारीले सम्हाल्नु भएको छ । प्रधान सम्पादक भण्डारी बेलायतमा बसोबास गरेर पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यसमेत हुनुहुन्छ । गत साता उक्त प्रोटलको नेपाल पत्रकार महासंघका यूके शाखाका अध्यक्ष चिरन शर्मा र सल्लाहकार भगिरथ योगीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
बेलायतमा बसोबास गर्ने नेपालीको गतिविधि संसारभरि पु¥याउने र नेपालका घटनालाई संसारसामु जोड्ने उद्देश्यले अनलाइन प्रोटल सञ्चालन गरिएको सम्पादक भण्डारीले बताउनुभयो ।
प्रधान सम्पादकमा भण्डारी






