राज कुमार थापा,
लण्डन । उल्बिचमा फुटबल र भलिबल प्रतियोगिता एकै दिन एकै ठाउँ हुने भएको छ । रोयल आर्टिलरी ब्यारेक उलबीचमा आउँदो अगष्ट २ मा हुने आयोजकहरुले बताए । गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार धमुधि साउथ इष्ट क्षेत्रीय समिति र नेपाली युथ एसोसियसन यूकेले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो ।
युथ एसोसियसनका अध्यक्ष हरि गुरुङले पत्रकार सम्मेलनमा भने, प्रतियोगिताले नेपाली समुदायमा सकरात्मक प्रभाव पार्नेछ । सन् २०११ देखि सञ्चालन हुँदै आएको उक्त फुटबल प्रतियोगितामा गत वर्षदेखि भलिबल पनि एकै साथ आयोजना हुँदै आएको छ । तमुधि यूके साउथ इस्ट क्षेत्रीय समितिका अध्यक्ष चन्द्र गुरुङले प्रतियोगिताबाट नेपाल युवामा मात्र होइन समग्र समुदायमा एकताको भावना जागृत हुनेछ । प्रतियोगिताका संयोजक साइजल गुरुङले अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।
प्रतियोगिताका बारेमा सुमन गुरुङलगायतले पनि पत्रकार सम्मेलनमा तयारीबारे बोलेका थिए । प्रतियोगिता जित्ने एक हजार पाँच सय पाउण्ड पाउने छ भने दुई दर्जनभन्दा बढी टोली प्रतियोगितामा सहभागी हुनेछन । भलिबलमा आधा दर्जन टोली सहभागी हुनेछ । दर्शकलाई निःशुल्क प्रवेश रहेको उक्त प्रतियोगितामा सहभागिता हुन आयोजकले आग्रह गरेका छन् ।








