गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले रेडिङमा गर्र्यो आन्दोलनको चेतावनी दिदै जानकारी सभा

लन्डन । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले रेडिङमा एक जानकारी सभा गरेको छ। बुधबार “The forgotten British Gurkha “ को हल रेडिङमा भएको कार्यक्रममा मार्फत आउंदो वार्ता सफल नभए आन्दोलनको चेतावनी दोहोरयाएको छ। जानकारी सभालाई सम्बोधन गर्दै सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले “ जी टू जी “वार्ता के भयो कस्तो रह्यो भन्ने बारे जानकारी गराएका थिए । उनले आउंदो १९ अप्रिलको वार्ता चित्तबुझ्दो नभए नेपाल र बेलायतले थेग्न नसक्ने आन्दोलन गर्न गोर्खाहरु वाध्य हुने चेतावनी दिए । बेलायत सरकारले विगतमा पनि गोर्खाहरुलाई झुक्याउने काम गरेको स्मरण गर्दै प्रमुख संयोजक राईले नेपाल र बेलायत सरकारबीच मन्त्रीस्तरिय वार्ता आफूहरुको माग भएको पनि उल्लेख गरे।

उक्त जानकारीसभामा त्रिपक्षीय वार्तामा भूतपूर्व गोर्खाहरुका मुख्य मध्यस्तकर्ता जुदबहादुर गुरुङले प्राविधिक रिपोर्ट र वार्ताका एजेन्डाबारे अवगत गराएका थिए ।सत्याग्रहका सचिव होम किरातीले संचालन गरेको उक्त जानकारी सभामा रेडिङ स्थित सह- संयोजक गदम सरी राइको सक्रियतामा सम्पन्न भएको हो ।कार्यक्रममा रेडिङ बरो पार्क वार्ड बाट मे ४ तारिकमा हुने स्थानिय निर्बाचनका लागि काउन्सिलर उम्मेदवार छनोट भएका राम गलामीले बेलायत सरकार गम्भीर नदेखिएको र नेपाल सरकार पनि उदाशिन रहेकाले पूर्व गोर्खाको माग सम्बोधन हुन समय लागेको बताए । गलामीले स्थानिय नेपाली तथा अन्य सबै समुदायलाई चुनावी अभियानमा साथ दिन अपिल गरेका छन्।