बेलायत र नेपाल सरकार (जीटुजी) स्तरिय वार्तामा समान पेन्सन एजेण्डा ओझेल पार्न खोजिएको भन्दै भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई आन्दोलनको अल्टिमेटम दिएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबार दिउसो टेन डाउनिङ स्ट्रिट सेन्ट्रल लन्डनमा रहेको बेलायती प्रधानमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएको हो ।
भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री र राजदुतलाई दिए आन्दोलनको अल्टिमेटम(भिडियो सहित)






