मञ्जु भण्डारी,
लण्डन,
ताप्लेजुङ क्षेत्र नं. २ समाज यूकेको आपतकालीन बैठक गत आइतबार सम्पन्न भयो । ताप्लेजुङमा हालै गएको पहिरो पीडितलाई सहयोग गर्न बैठक बसेको संयोजक खगेन्द्र पाठकले बताए । साउथ ह्यारो गोल्डनसीप रेस्टुरेन्टमा बसेको उक्त बैठकले पहिरोले घरबार विहिन भएकाहरुलाई छिटो भन्दा छिटो एक प्रतिनिधिसहित पहिलो चरणको राहत तुरुन्त पठाउने व्यवस्था मिलाइएको संयोजक पाठकले बताए
ताप्लेजुङ पहिरोमा परी १२ जनाले ज्यान गुमाएका थिए । पहिरोले तीनवटा गाविस प्रभावित भएका छन् भने अझै १० जना हराइरहेका छन् । बैठकले पहिरोमा ज्यान गुमाउनेहरुको आत्मले चीर शान्ति पाओस् भनी कामना गरियो । जिल्लामा आइलागेको यो बिपत्तिमा सहयोग गर्न अन्तर्राष्ट्रिय नेपाली समुदायसँग बैठकले आह्वान गरेको छ । अर्को बैठक यथा सक्दो छिटो बस्ने संयोजक पाठकले जानकारी दिए । बैठकमा पदम सुन्दर लिम्बू, देव आङबुहाङ, लक्ष्मीप्रसाद लिवाङ, कृष्ण केदेम, यम आङबुहाङ, चन्द्रकुमार लिम्बू, चन्द्रमाया लिम्बू, सञ्जय फागु, चेङवाङ लिम्बू र नन्द चोङवाङको सहभागिता थियो ।







