आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन

काठमाडौँ । आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको छ ।

मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको निधन भएको डा. किरणनकर्मीले पुष्टि गरे ।

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।