सिड्नी । अस्ट्रेलिया स्थित नेपालीहरुको पुरानो र पहिलो नेपाली संस्था “नेप्लिज अस्ट्रेलियन एशोसिएशन” एन. ए. एको अध्यक्षमा ऋषि आचार्य चयन भएका छन् ।
संस्थाको हालै सम्पन्न अधिवेशनले आचार्यको अध्यक्षतामा २ वर्षको लागि नयाँ समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा बालचन्द्र श्रेष्ठ,निशा रानी, हिपाची गुरुङ र शिक्षा बगाले, महासचिवमा राजु मानन्धर,सचिव उज्जवल सुबेदी र ट्रेजररमा उत्तम तात्वेड लगायत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भरत राई, डा.प्रकाश पौड्याल र बिनोद पौड्याल चयन भएको बताईएको छ ।
अस्ट्रेलियामा रहेका नेपालीहरुको पहिलो संस्थाको रुपमा सन् १९७६ मा स्थापित संस्थाले नेपाल र अस्ट्रेलियाको द्विपक्षिय सम्बन्ध सुधारका निम्ति काम गर्ने प्रमुख उद्देश्य लिएको थियो ।
तत्कालिन समयमा अस्ट्रेलियामा नेपाली दूतावास नहुँदा दूतावासकै काम गरेको संस्थाले पछि दूतावासको स्थापना पछि लक्ष्य परिवर्तन गरेर अहिले सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।
नेपाली सामुदायिक भवन बनाउदै गरेको एशोशयसनले नेपालमा विध्यालय भवन निर्माण सगैं कोरोना महामारीमा थुप्रै सहयोग गरेको थियो।






