लन्डन ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने संग शिष्टाचार भेटवार्ता गरेकी छन।
गृहमन्त्रालयमा बिहिबार विहान भएको आपसी शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधै सुमधुर सम्बन्ध रहदैँ आएको र आगामी दिनमा पनि द्धिपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो ।






