प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री’लाजमर्दो स्थितीमा काँग्रेसले सबै गुमायो।

काठमाडौं। प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार राष्ट्रपतिले प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।

यस्तो छ पार्टीको समर्थन

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।

लाजमर्दो स्थितीमा काँग्रेसले सबै गुमायो देउबा आफैले गगनलाइ हस्तान्तरण गर्नु पर्ने हो तर कांग्रेसीहरु सधै पुरातनवादी भए, परिवर्तनको पक्षमा कहिलै नउभिने । देश फेरी अनिर्णय को वन्दी हुने भयो।