शुन्य लागतमा बेलायत लगायतका देशमा नेपालले मौसमी कामदार पठाउने

काठमाण्डौ । वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए ।

अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरिया लगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले जानकारी दिए । हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन ।

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले जनाएको छ ।

मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो ।

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाउँने व्यवस्था गरेको छैन । म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा बेलायत जानेहरूलाई वैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति प्रदान गरेको अवस्था छ ।

तर मौसमी श्रमिक श्रम स्वीकृति लिएरभन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभलएजेन्सी मार्फत् पुग्ने गरेको देखिएको छ । यसरी उनिहरूलाई मौसमि श्रमिकका रूपमा पठाउदा५ लाख रूपैयासम्म लिने गरेको पाईएकाले सरकारले आफैले सुन्य लागतमा पठाउने तयारी गरेको हो ।