एनबीसी यूकेले गर्‍यो पवित्र सेवा समाजलाई एक लाख ९१ हजार २८७ रुपैयां सहयोग

लण्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले  पवित्र सेवा समाज, नेपाललाई एक लाख ९१ हजार दुई सय सतासी (रू १,९१,२८७) रुपैयां प्रदान गरेको छ ।संस्थाका सदस्य तथा छोराछोरीहरूको जन्मदिवसमा संकलित रकम असहायको सेवामा समर्पित समाजलाई प्रदान गरिएको हो ।

इन्द्रेणी कार्यक्रममार्फत समाजकी सन्चालिका दिक्षा चापागाईलाई सहयोग गरिएको एनबीसी यूके कोअर्डिनेटर राजेन्द्र ओझाले जनाए ।

‘हामीले गरेको यो सानो सहयोगले पवित्र सेवा समाजका ६५ जना सदस्यका निम्ति केहि दिनका लागी खाना, औषधि, जाडोमा लगाउने न्यानो कपडा-जुत्ता साथै अध्ययन सामाग्रीमा सहयोग पुग्ने छ’- ओझाले भने ।उनले सहयोगी सबैप्रति व्यक्तिगत तथा संस्थागत आभार व्यक्त गरेका छन् ।आफ्नो सहयोगले समाजलाई थप हौसलासहित आगामी दिनमा नयाँ जोश जाँगर प्रदान गर्ने विश्वास कम्युनिटीको छ। यसो भन्छिन पवित्र सेवा समाज, नेपाल सन्चालिका दिक्षा चापागाई :

Dikchhya Chapagai is with Gyanendra Gadal and Raj Ojha.

“मानविय सेवा सेवा सहयोगको कुनै सिमा हुदैन “
म हार्दिक आभारी छु बिगत १३ बर्ष देखि देश विदेशमा अनेकौ सामाजिक र मानविय कार्यहरु गर्दै आएको बेलायत स्थित एक च्यारिटी सामाजिक संस्था Nepalese British Community UK ( NBC UK) का अध्यक्ष Raj Ojha , सचिव रविन्द्र अधिकारी , कोषाध्यक्ष खेमराज जोशी लगायत सहयोगी सम्पुर्ण सदस्यहरु प्रति । हजुरहरुले आफनो र छोरा छोरीहरुको जन्मदिवसको अवसरबाट संकलित रकम रु. १,९१,२८७ हामीले चर्चित नेपाली लोक देहोरी सामाजिक सांगितिक कार्यक्रम ईन्द्रेणी मार्फत पाई सकेको जानकारी गराउन पाउदा धेरै खुशी लागेको छ । माता र मातृभुमि भन्दा टाढा सात समुन्द्र पारी गएर श्रम र पसिना बगाएर आफनो र परिवारको गाँस कटाएर हजुरहरु सम्पुर्ण सबैले गरेको यो सानो सानो सहयोग बाट संकलीत सहयोगले हाम्रो यो सामाजिक सेवा घर पवित्र समाज सेवा नेपालमा आश्रीत छोरा छोरी वृद्ध बुबा आमाहरुको केहि समयको खाँचो टरेको छ । ६५ जनाको यो ठुलो परिवारलाई दैनिक खुवाउन आवश्यक दाल, चामल, नुन तेल, तरकारी को व्यावस्था गर्न साथै ३५ जना छोरा छोरीहरु कक्षा नर्सरी देखि कक्षा १२ सम्म बिधालय जान्छन उनिहरुको दैनिक शैक्षिक सामाग्रीको खाँचो टरेको छ । हजुरहरुको फराकिलो मनले गरेको यो सानो सानो सहयोग पनि ठुलो हो । संझना, साथ र सहयोग धेरै थोरै , नयाँ पुरानो भन्ने हुदैन सबै सहयोगहरु महान र ठुलो महत्वका हुन्छन । परदेशमा बसेर पनि सधै आफनो देश, समाज, आफु जन्मेको माटो लाई संझने हजुरहरुको मनमा कहिल्यै खडेरी नपरोस । सधै यसरी नै अरुलाई दिन पुगोस हजुरहरु सम्पुर्णलाई । अरुको भोक तिर्खा, अभाव दुःख आपत विपतलाई आफनै संझने सधै केहि न कहि सहयोग गरौ भन्ने NBC UK family भित्रको यो उच्च मानविय भावनामा कहिल्यै खडेरी नपरोस । बिशेष आभारी छु आदरणियः सुस्मिता सिग्देल,समिका प्याकुरेल,संजिव घिमिरे,चुरामणी रेग्मी,मिसन पौडेल,कुल प्रसाद सिग्देल,ताज ओझा,ओस्कार ओझा,द्रव्य खनाल,अद्धिति गुरुगं,ईभा घिमिरे,शर्मिला लामिछाने,कमल राज खनाल,आर्या घिमिरे,महिम घिमिरे,दारिया खनाल,सायंक गौतम,कृतिका बस्याल, खेमराज जोशी, श्रिषा अधिकारी, मेदीता र सुमिता अधिकारी,मनिता घिमिरे,रिभा नेपाल,सम्याक घिमिरे,निविशा रेग्मी,रोसलिन कार्की,प्रनिल नेउपाने,अन्जु सिग्देल,निबोध रेग्मी,कुसुम जोशी,अबिज्ञया रानाभाट,लेखनाथ घिमिरे,श्रृति सिम्खडा,सान्भीका गौतम,सुभानी कार्की,आरोन लामिछाने,भागवती रानाभाट,कुसल जोशी, किरण अधिकारी सरन राना लगायत Nepalese British Community परिवार प्रति हार्दिक हार्दिक आभारी छु , कृतज्ञ छु । सधै दिन दुःखीको सेवामा यसरी नै हजुरहरुको साथ र सहयोग पाईरहु , सधै दिन पुगोस । भगवानले सबैको कल्याण गरुन ।
बिशेष बिशेष आभारी छु , NBC UK का अध्यक्ष आदरणिय दाई Raj Ojha प्रति , हजुरले दिक्षाजी कति दुःख आपत विपतले छाक टारी रहनु भएको होला हाम्रो तर्फबाट सानो सहयोग गर्ने तयारी गरेका छौ भनेर संझेर फोन गर्दा खुशीका आँसु झरेको त्यो क्षण संझी रहेकी छु । अब चाँडै हजुरहरु सँग भेट हुने नै छ । हामी सबै सँगै मिलेर यसरी नै अरुको भलाई सेवा र सम्मान गर्न सकौ । हामी सबैको जय होस । परदेशमा हुनु हुन्छ आफनो र परिवारको ख्याल गर्नु होला । जय होस । जय ईन्द्रेणी कार्यक्रम, जय समाजसेवा । जय NBC UK
आमा दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, बुढानिलकण्ठ ४ , काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

भिडियो हेर्नुस: