बेलायतको मिसेस् नेपाल युनिभर्समा उत्रिए १४ सुन्दरी,को को हुन् (नाम र तस्बिर सहित)

लण्डन । बेलायतमा आयोजनामा हुँदै गरेको ‘मिसेस् नेपाल युनिभर्स’ यो वर्षको सुन्दरी प्रतियोगितामा १४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुने भएको छ । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले आज ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएकी छन् ।प्रतिस्पर्धामा १४ युवतीहरु सहभागी छन् ।

विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आउंदो ४ डिसेम्बर अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

निर्देशक मनिषा डंगोल श्रेष्ठले लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै यसवर्षको प्रतियोगीतामा  प्रतिष्प्रधामा रहेका ती सुन्दरीहरुको नाम सार्बजनिक गरेकी हुन् ।

सुन्दरीहरुमा बिनिता बस्नेत, रिना अधिकारी, सन्नी शाही, विनिता अधिकारी खनाल, शविता श्रेष्ठ, विमला बुढाथोकी, मिनु शाह, अन्जु बस्नेत, हिना थापा, प्रमिला केसी, निश्मा बन, श्रीजा डंगोल, कविता खनाल र शोभा क्षेत्री लगायत छन् ।प्रतियोगीताको तैयारी र अन्य व्यवस्थापकिय कामहरु अहिले चलिरहेको छ । मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण प्रतियोगिताको प्रमुख उद्देश्य छ ।मनिषाले आफूमा इच्छाशक्ति र प्रतिभा छ भने महिलाहरु सधैं ‘रोल मोडल’ का रुपमा अग्रपंक्तिमा आउन सक्ने धारणा पनि राखिन् ।

विभिन्न विद्यामा प्रतिष्पर्धा गराइने उक्त प्रतियोगिता निष्पक्ष बनाउन प्रतियोगिताका निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने लन्डन फेसन हाउसले जनाएको छ ।

तस्बिर