लण्डनमा सीता-रामको विवाह पञ्चमी मनाईयो,प्रथम नेपाली रामचरितमानस वाचिकाले दिइन् प्रवचन भिडियो सहित

शिब भण्डारी

लन्डन। हिमालयन सिद्धमहयोग परिवार यूके युरोपको आयोजनामा साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित राधाकृष्ण मन्दिरमा विवाह पञ्चमीको अवसरमा राम -सीताको विवाह गराईएको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरि दिएर मनाईन्छ ।

हिमालयन सिद्धमहयोग परिवार यूके युरोपको आयोजनामा विविध धार्मिक कार्यक्रम सहित आइतबार विवाह पञ्चमी मनाईएको हो । सो अवसरमा नेपालकै पहिलो ‘रामचरितमानस’ वाचिका चन्द्रकला सखीले धार्मिक प्रवचन दिएकी थिईन्।उनको प्रवचनले उपस्थित भारतीय एवं अंग्रेज भक्तजनहरु समेत भाबुक बनेका थिए ।

हिमालयन सिद्धमहायोग परिवार युकेका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव उदय लम्सालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल,रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर लियो फ्लेचर, लण्डन पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डे,पण्डित निलहरि घिमिरे,ट्रस्टी बोर्ड सदस्य तारा भट्टराई,चार्ल्टन नेपाली समाज यूके अध्यक्ष प्रकाश कंडेल,बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल,गैरआवासीय नेपाली संघ यूकेका वरिष्ठ अभियन्ता शेर सुनार,एलएन पाण्डे,चण्डिका भट्ट , दिपक थापा लगायत दुइ सय भन्दा बढी भक्तजन हरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष समेत हरेकी आयोजक समूहकी सदस्य सुनिता थापा गौतमले गरेकी थिईन् ।

भक्तजनहरुको उल्लेख्य उपस्थितिमा आरती एवं प्रसाद वितरण गरिएको थियो । आयोजक टिमको तर्फबाट विशेष भोजनको व्यवस्था गरिएको थियो ।तस्बिरमा पनि हेर्नुस –हेर्नुस पुरा भिडीयो :

https://www.facebook.com/londonnepalnews/videos/2482988325188062