पुण्य गौतम काठमाडौं-३ बाट चुनामी मैदानमा उत्रिने

काठमाडौं । केही समय अगाडी मात्रै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतम काठमाण्डौ ३ बाट प्रतिनिधि सभा सदस्यकालागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

सामाजिक सञ्जालमा कडा टिका टिप्पणी गर्ने बानीका कारण उनी चर्चामा रहिरहन्छन् । गौतमलाई नेकपा एमालेले समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए । उनलाई सामाजिक सञ्जालमा खरो बोल्ने वक्ताको रुपमा आम दर्शहरुले बुझ्ने गरेका छन् । यद्यपी उनी यही कारण विभिन्न समयमा विवादमा समेत तानिने गरेका छन् ।