वरिवरका खेलाडीलाई अर्को सफलता

सिड्नी । वरिवर मार्सल आर्टस एन्ड फिटनेस अस्ट्रेलियाले अर्को सफलता हात पारेको छ ।

७ अगष्ट आईतबार सेमि ओलेम्पिक पार्कमा सम्पन्न न्यू साउथ वेल्य राज्य तेक्वान्दो च्याम्पियन्सिप एण्ड सेलेक्सन ईभेन्ट्स नेशनलमा वेरियरका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पारेका हुन् ।

कोरोना सक्रंमणको महामारी पश्चात पहिलो पटक आयोजना गरिएको च्याम्पियन्सिपमा वेरियर्स तेक्वान्दोबाट सहभागी खेलाडी मध्ये ७ जना खेलाडीहरुले नै विभिन्न पदक हासिल गरेका छन् ।

उनीहरुमध्ये २ जनाले स्वर्ण पदक, ६ जनाले रजत र ३ जनाले कास्य पदक हात पारेको फिटनेसका निर्देशक प्रकाश क्षेत्रीले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

जसमध्ये जोसेफ क्षेत्रीले स्वर्ण र रजत, क्रिस्टिना क्षेत्रीले रजत, आर्यन विमालीले स्वर्ण , श्रृया सापकोटाले रजत, दीवाज बज्राचार्य रजत, रविन अधिकारी रजत र विकल पौडेलले कास्य पदक हात पारेको उनले बताए ।

वरियर्सका सहभागी सबै खेलाडीहरु राष्ट्रिय प्रतियोगीताका लागि समेत छनौट भएका छन् । फाईनल खेल मेलवर्नमा हुँदैछ । ६ जना खेलाडी नै फाईनल खेलमा सहभागी हुने भएका हुन् ।

अन्तराष्ट्रिय स्तरको चौँथो वेरियर्स तेक्वान्दो तथा सेमिनार अक्टोबर हुँदै २९ र ३० तारिखमा हुँदैछ ।