लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चारदिनसम्म यहाँ विविध कार्यक्रम गरिने भएको छ ।
महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन् ।
यसैसाता वकिङ्घम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नेछिन् ।
वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले सात दशकको परिवर्तन पछि पनि राजपरिवार बेलायतमा अझै सान्दर्भिक रहेको पुष्टि गर्नेछ । महारानीलाई हेर्न मध्यलण्डनमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ ।
बेलायती नागरिकको त्यो उपस्थितिले राजतन्त्र मतपेटिकाबाट निर्वाचित नभएको पुष्टि गरे पनि सडकमा निस्किएका आफ्ना नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिविम्बित गर्नेछ ।






