जापानमा शक्तिशाली भूकम्प

काठमाडौं, १६ जेष्ठ । जापानमा शनिबार साँझ ७ दशमलव ८ म्याग्निच्यूड मापन गरिएको शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट ८ सय ७४ किलोमिटर ठाढा बोनिन टापुलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पको कम्पनका कारण टोकियोमा करिब एक मिनेटसम्म भवनहरु हल्लिएको महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । कुनै गम्भीर मानवीय र भौतिक क्षति भएको खबर आएको छैन भने सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।