अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन : कोठा भित्रै भेटियो शव

सिड्नी । अष्ट्रेलियामा एक नेपाली युवा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

गैर आवासीय नेपाली सघं न्यू साउथ वेल्सका अनुसार २४ वर्षीय धिरज रानाभाट नर्थ सिड्नीको च्यासवुडमा आफ्नै कोठामा मृत भेटिएका हुन् ।

४ वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया आएका उनको नेपाल स्थायी घर चितवन हो । उनी भिषा र अन्य आर्थिक तथा आन्तरिक कारणले केही समय यता तनावमा रहेको उनका साथीहरुको भनाई छ ।

मृतक धिरजको शव नेपाल पठाउनका लागि आर्थिक सहयोग अभियान थालिएको छ । सहयोग गर्न यो लिकंमा क्लिक गर्नुहोस् ।