स्याङ्जामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना घाइते

स्याङ्जा। स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।