वेलायती जनताले नेपालका भुकम्प पीडितका लागि £६५ मिलियन संकलन

nepal earth 1

जेनी भट्टराई,

लण्डन|बेलायत नेपालका लागि संसारकै सबैभन्दा सहयोग गर्ने देश बनेको छ। नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा वेलायती जनताले  नेपालका भुकम्प पीडितका लागि £६५ मिलियन उठाएका छन्।

डिइसी सदस्य एजेन्सीहरूले आपत्‌कालीन आवास(शेल्टर), खाद्यसामग्री, कम्मल, सफा पिउने पानी, सरसफाइ सामग्री, पानी भण्डारण गर्ने उपकरणहरू, मेडिकल सहयोग, शिशुहरूलाई आवश्यक पर्ने सामग्री र अन्य आवश्यक सामग्री जस्ता विभिन्न किसिमका आपत्‌कालीन सामग्रीहरू उपलब्ध गराइरहेका छन्। सकेसम्म छिट्टै उनीहरूले अति प्रभावित समुदायहरूलाई अझ स्थायी आवास पुनर्निर्माण गर्न र उनीहरूको जीवनचर्या पहिलेकै अवस्थामा फर्काउनको लागि सहयोग गर्न सुरु गर्ने सामाजिक संजाल फेसबुक मार्फ़त जानकारी दिए |

अपीलको बारेमा जानकारी दिँदै डिइसी कार्यकारी प्रमुख सालेह सईदले भन्नुभयो: “नेपालमा आएको भयानक किसिमको प्रलयपछिको प्रतिक्रिया स्वरूप युकेका जनताले देखाउनु भएको असाधारण प्रकृतिको उदारतादेखि म एकदम हर्षित छु। उनीहरूको अनुकम्पाको साथसाथै नेपाली जनताको साहस र दृढताको कारणले हाम्रा सदस्य एजेन्सी र तिनका साझेदारहरूसँग सहकार्य गरेर हामीले एकै महिनामा पाँच लाखभन्दा बढी मानसिहरूलाई सहयोग उपलब्ध गराउन सफल भएका छौँ।

“काठमाडौँको सानो एयरपोर्ट पूर्ण रूपमा अभिभूत हुँदाहुँदै; पहिले नै अपर्याप्त नेपालका सडकहरूमा गम्भीर क्षति पुगे तापनि; अनि सीमित संख्यामा रहेका हेलिकप्टरहरूको लागि उडान अवस्था अत्यन्त जोखिमपूर्ण हुँदाहुँदै पनि; भूकम्प अगाडि नै पनि पहुँच पुर्‍याउन नसकिने गाउँहरूमा पनि यो कार्य सम्पन्न गरिएको उनिहरुले जनाए |

“आत्मसन्तुष्टिको लागि कुनै ठाउँ नै छैन। बर्खा याम आउँदैछ। आपत्‌कालीन आवास र मानिसहरूलाई घर पुनर्निर्माण गर्न सहयोग पुर्‍याउने सामग्री अत्यावश्यक भैसकेको छ किनकि घरबारबिहीन पीडितहरूको अवस्था केही समयमा नै सहन गर्नै नसकिने प्रकारको हुनेछ र धेरै सडकहरू यात्रा गर्न नसकिने खालका हुनेछन्।

“यी र यस्ता गम्भीर चुनौती रहेको, र उनीहरूको जीवन र जीवनयापन पुनर्निर्माण गर्न लाग्ने कठीनाइका वर्षहरूमा नेपाली जनतालाई सहयोग प्रदान गर्नु अपरिहार्य भएको हुनाले डिइसी नेपाल भूकम्प अपील अझै खुल्ला हुने र तिनै कारणले युकेका जनताको निरन्तर सहयोगमा भर परिरहेको डिइसी सदस्य एजेन्सीहरूले बताए |