एमालेको चुनावी घोषणापत्र वैशाख ९ गते सार्वजनिक हुने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने जनाएको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ ।

साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।

बैठकमा उम्मेद्वारहरूको मापदण्डको विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए ।