सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रुपन्देही घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा रहेको सञ्जालले अस्ट्रेलियामा पछिल्लो समय रगतको अभाव भईरहेको कुरालाई मध्येनजर गरेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।
रुपन्देही सामाजिक सञ्जालको आयोजना र नेप्लिज ब्लड डोनर्स एसोशियसन अष्ट्रेलियाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने १० जनाले रगतदान गरेका छन् ।
मातृभुमीमा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको सञ्जालले कर्मभुमीमा रगत अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस र रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए । उनले अस्ट्रेलियामा रगत अभाव हुन नदिन र यसको परिपूर्तिका लागि थोरै भएपनि सहयोगीको रुपमा साझेदार बन्न यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने बताए ।
उक्त रक्तदान कार्यक्रममा सज्जन उप्रेती, विष्णु हमाल र भूपाल सिटौलाले प्लाज्म दान गरेका छन् भने पदम अधिकारी, प्रदिप खनाल,विशाल भण्डारी, रञ्जिता भण्डारी, ज्योती खड्का, दिलिप खड्का, राजेश तिमल्सिना, मुक्ती पोख्रेल, बासु खरेल र विक्रम खरेलले रगतदान गरेका छन् ।
उक्त कार्यक्रममा अष्ट्रेलियामा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरुको छाता संगठन फेन्काका उपाध्यक्ष विष्णु हमाल, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका केन्द्रीय सदस्य विनोद मैनाली, नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष एवम् एक्का अध्यक्ष भूपाल सिटौला, सञ्जालका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले बोल्दै रुपन्देही सामाजिक सञ्जालले गरेको काम साँच्चिकै प्रशसंनीय रहेको बताएका थिए । उनीहरुले सामाजिक क्षेत्रमा क्रियाशिल संस्थालाई अझै धेरै परोपकारी काम गर्ने प्रेरणा मिलोस भनि शुभकामना दिए ।
रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्ती राम पोख्रेलको अध्यक्षता र सञ्जालका महासचिव रञ्जिता भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा कार्यक्रमका संयोजक एंव सञ्जालका सचिव रवि केसीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकास पारेका थिए । उनले पछिल्लो समय अस्ट्रेलियामा रगत अभाव भईरहेको अवस्थामा सञ्जालले रक्तदान कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।
कार्यक्रम सम्पन्न गर्न सचिव एंव कार्यक्रम संयोजक रवि केसी सहित दिल खड्का र राजन खड्काले विशेष भुमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एंव विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो ।






