ललितपुर : ललितपुरमा एकै घरका पाँच जना मृत फेला परेका छन् ।
जिल्लाको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै घरका पाँच जना सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष तीर्थ घलानका अनुसार उनीहरु मध्ये एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन् ।
दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी के कारणले मृत्यु भयो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान थालेको छ ।






