लण्डन । बेलायतमा रहेका चितवनवासीहरुको संस्था ‘चितवन एड ट्रष्ट युके’ले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएको छ ।
आईतबार गैह्र आवासीय नेपाली सघं एनआरएन युकेले आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट पनि राजदुतलाई सम्मान एवम् स्वागत गर्न पाउँदा खुसी लागेको बताएको हो । उक्त कार्यक्रममा ट्रष्ट क्याट अध्यक्ष रितेश पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै ट्रष्टले आफुहरुले गर्ने हरेक सामाजिक गतिबिधिहरुमा पनि नवनियुक्त राजदुत आचार्यद्धारा आवश्यक सहयोग हुने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
चितवनबाट बेलायतमा आएका विभिन्न वर्गका र क्षेत्रका समुदायहरु मिलेर स्थापना गरिएको ‘चितवन एड ट्रष्ट युके’ले गृह जिल्लामा विभिन्न परोपकारी काममा संलग्न हुँदै आएको छ । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट सहयोग सकंलन गरेर शिक्षा, स्वास्थ्य लगायतका अन्य दैविक प्रकोपमा राहत वितरण लगायतका परोपकारी काम गर्दै आईरहेको छ । गृह जिल्लामा एम्बुलेन्स वितरण, विद्यालय तथा अस्पतालहरुलाई आर्थिक सहयोग, भवन निर्माणमा सहयोग गर्दै आईरहेको संस्थाले आगामी दिनमा अझै परोपकारी काममा ससक्त रुपमा लाग्ने प्रतिबद्धता गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष रितेश राज पाण्डेले भव्य रुपमा कार्यक्रम आयोजना गरि क्याट युकेलाई आफ्ना केहि सम्बोधन हरु राख्ने अबसर दिएकोमा आयोजक एनआरएन युकेलाई धन्यवाद व्यक्त गर्दै एनआरएनसगं सहकार्य गरेर अगाडी बढ्ने बताए ।






