लण्डन । हुम गुरुङको खोजिमा सहयोग गर्न प्रहरीले सबैसगं अनुरोध गरेको छ । बेलायतको फार्नब्रो क्षेत्रबाट हराएका गुरुङको खोजीमा सहयोग गर्न स्थानीय ह्याम्पसायर प्रहरीले सर्वसाधारणलाई अपील गरेको हो । प्रहरीले एक सूचना जारी गर्दै ७४ वर्षीय गुरुङ शुक्रबार बिहान ११ः३० बजे कासवेल क्लोजमा अन्तिमपटक देखिएको बताएको छ । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।
प्रहरीले दिएको हुलियाअनुसार गुरुङ करिब साढे पाँच फुट उचाइ भएका, कपाल फुलेका, दाह्रीजुँगा काटेका, पुट्ट भुँडी निस्केका छन् । उनले कालो सुरुवाल, खैरो लामो बाहुला भएको ज्याकेट, खैरो टिसर्ट र कालो बेसबल क्याप लगाएको तथा कालो झोला बोकेको बताइएको छ ।
उनले काठको लौरो र हरियो सानो तौलिया समेत बोकेको हुनसक्ने प्रहरीको भनाई छ । प्रहरीले उनको अवस्थाका बारेमा चिन्ता प्रकट गर्दै खोजीमा सहयोग गर्नका लागि सबैसगं अनुरोध गरेको हो ।
अंग्रेजी कम बोल्ने र प्राय बसमा यात्रा गर्ने गरेको परिवारले बताएका छन् । प्रहरीले उनको बारेमा जानकारी भए १०१ वा ९९९ मा फोन गरी रिफरेन्स नम्बर १८१९ उल्लेख गरी जानकारी दिन अनुरोध गरेको छ ।
प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।






