तमु समाज सिड्नीको अधिवेशन सम्पन्न : अध्यक्षमा युवराज गुरुङ चयन

तक्दीर अधिकारी

सिड्नी। तमु समाज सिड्नी अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ ।२९ जनवरी आईतबार अनलाईन जुम मार्फत सम्पन्न अधिवेशनले लामो समय देखि समाजको कार्यसमितिमा रही काम गर्दै आएका युवराज गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

२ वर्षे कार्यकाल रहेको नवगठिन समितिको उपाध्यक्षमा हेउपति गुरुङ र सानु गुरुङ रहेका छन् । त्यस्तै महासचिवमा अर्जुन गुरुङ, सचिवमा अमर गुरुङ, कोषाध्यक्षमा सगिंता गुरुङ, सांस्कृतिक सयोंजकमा भिम शमसेर गुरुङ, सहायक सांस्कृतिक सयोंजकमा अन्जना गुरुङ, खेलकुद सयोंजकमा विजय गुरुङ, सहायक खेलकुद सयोंजकमा लविन गुरुङ, सदस्यता सयोंजकमा डम्बर जगं गुरुङ, आईटी सचिवमा रवि गुरुङ, सहायक आईटी सचिवमा शक्ति गुरुङ र विद्यार्थी सयोंजकमा शुकमाया गुरुङ ,कल्याण संयोजकमा संगीता गुरुङ चयन भएका छन् ।नवगठित समितिको सदस्यमा शेरजगंं कुँवर, सुरज गुरुङ, बविन गुरुङ, किरन गुरुङ,लक्ष्मी गुरुङ, शान्ति घले र उषा गुरुङ रहेका छन् ।

पदभार ग्रहण पछि नवगठित समितिका अध्यक्ष युवराज गुरुङले लण्डन न्यूज नेपालसगं कुराकानी गर्दै आफुलाई विश्वास गरेर समाजको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरेकोमा   सदस्यहरुलाई धन्यवाद दिए । साथै उनले अब आफ्नो काँधमा तमु समुदायको कला भाषा संस्कृति संरक्षणसगैं विगतमा बाँकी रहेका कामहरु पुरा गर्ने जिम्मेवारी आएकाले त्यसलाई पुरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुरुङले विगतमा पनि समाजको आफ्नै भवन निर्माण कार्य कुरा चल्दैआएकोमा भवन निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडी बढाउने, लामो समयदेखि समाजमा सक्रिय रहनुभएका सदस्यहरुलाई अजिवन सदस्यता वितरण गर्ने र समाजलाई सक्रिय रुपमा अगाडी बढाउने बताए ।

त्यस्तै समाजका निवर्तमान अध्यक्ष दिनेश गुरुङले नवगठित समितिलाई बधाई एवम् शुभकामना दिँदै कोरोना सक्रंमणका कारण आफ्नो कार्यकालमा चाहेर पनि धेरै कुरा गर्न नसकेको भन्दै ति पुराना कामहरुलाई पुरा गर्ने जिम्मेवारी नयाँ कार्यसमितिमा आएको बताए । उनले कोभिडका कारण आफुले जिम्मेवारी सम्हालेको बेला पूर्व निर्धारित कामहरु पनि सम्पन्न गर्न कठिनाई भएकाले नयाँ कार्यसमितिसगं सहकार्य गरेर ती कामहरु सम्पन्न गर्नका लागि आफुपनि लागि पर्ने धारणा व्यक्त गरे ।

नवगठित समितिका महासचिव अर्जुन गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि धुमधामका साथ अधिवेशन सम्पन्न गर्ने योजना रहेको भएतापनि कोरोना सक्रंमणका कारण अनलाईन मार्फत गरिएको बताए ।