फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजबाट भारतको नक्शा हटाएका छन् । गएको हप्ता जुकरबर्गले आफ्नो फेसबुक पेजमा अपलोड गरेको भारतको नक्शाको विषयमा इन्टरनेट प्रयोगकर्ताले तिब्र आलोचना तथा विरोध गरेपनि उक्त नक्शालाई हटाउन जुकरबर्ग बाध्य भएका हुन् ।
विश्वको नम्बर वान सामाजिक संजाल फेसबुकका संस्थापकले आफ्नो फेसबुक पेजमा भारतको नक्शा राख्दा भारतीय फेसबुक प्रयोगकर्ताहरु खुसी पो हुनुपर्ने हो । आखिर उनीहरुले किन विरोध गरे ? वास्तवमा जुकरबर्गले फेसबुकमा अपलोड गरेको भारतको नक्शामा जम्मु-काश्मीरको भाग नै छुटेपछि त्यसप्रति भारतीयहरु रुष्ट बनेका हुन् ।
आफ्नो देशको अभिन्न भुभाग मान्ने जम्मु-कास्मिर लाई फेसबुकले नै छुट्टाइदिएपछि त्यसको विरोधमा भारतीय फेसबुक प्रयोगकर्ताहरु आगो बने । फेसबुकको इन्टरनेट डट ओआरजी परियोजनाको सार्वजनिकीकरणपछि जुकरबर्गले भारतको नक्शा आफ्नो फेसबुक पेजमा अपलोड गरेका थिए ।
अर्का प्रयोगकर्ताले भने चीनपछि मार्क जुकरबर्गले कास्मिर विनाको भारतको नक्सा पोष्ट गरेको भन्दै भारत सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।







