काठमाडौँ । गायक राजेश पायल राईलाई अमेरिकामा चलेको एक कार्यक्रम स्थलमा दुर्व्यवहार गर्ने पासाङ दावा सेर्पाले माफी मागेका छन्। गायक राईले यस बारेमा आफ्नो फेसबुक पेजबाट जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘मानिस हो मानिसबाटै गल्ति हुन्छ। गल्ति स्वीकार्नु पनि महानता हो । उहाँ थोरै बिरामी हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अब उप्रान्त उहाँलाई गाली नगर्न आग्रह गर्दछु।’
राई अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न अमेरिकाको न्यूयोर्कमा आयोजित भएको एक सांगीतिक कार्यक्रममा सहभागी भएको बेलामा कार्यक्रम हेर्न आएका पासाङ दावा शेर्पाले पछाडिबाट आएर राईको घाँटी अँठ्याएका थिए।
गीत गाइरहेका राईलाई पछाडिबाट घाँटी अँठ्याएका थिए । राईलाई असहज भएपछि अरु दर्शक आएर पासाङलाई राजेशबाट अलग गरिदिएका थिए। त्यसपछि केही समय स्थगित भएको कार्यक्रम राजेशले पुन: सुरु गरेका थिए।






