लन्डन । अंग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि शुरु भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२१ को बिदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । तर यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरसका कारण अघिल्ला वर्षहरूमा झैँ खुलेर रमाउने अवस्था छैन् ।
विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ ।
सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ ।
मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।
इस्वी संवतको यो नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोरोनाका कारण पहिले जस्तो रौनक छैन ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।






