नेपाली कांग्रेसको भोलिदेखि हुने महाअधिवेशनलाई सार्थकता मिलोस्-केशब भण्डारी

केशब भण्डारी

भोलिदेखि नेपाली कांग्रेसको चौधौ महाअधिवेशन काठमांडौ हुदै छ । यसले सबैको ध्यान आगामी ४ वर्षका लागि पार्टी नेतृत्व कस्ले लिन्छ भन्नेमा नै छ । अधिवेशन नेतृत्व र पदाधिकारीको चुनावको लागि मात्र होईन यसमा पार्टीको आगामी निति र कार्यदिशामा छलफल भई पार्टीलाई आगामीका दिनका लागि मार्ग निर्देश गर्नु पनि हो । बहुदलयी व्यवस्था आउनु भन्दा अधि पार्टीहरू प्रतिबन्धित भएपनि अधिवेशनहरूमा निति र कार्यदिशाहरूबारे छलफल हुन्थे र फरक विचारको नेतृत्वबीच प्रतिस्पर्दा भई नेतृत्व चयन हुन्थ्यो ।

नेपाली कांग्रेसको विगत दुई महाअधिवेशन देखि अधिवेशन भन्दासाथ गुटहरूबीचको प्रतिस्पर्धा बुझिन थालिएको छ । नेपाली कांग्रेसमा आन्तिक लोकतन्त्र पार्टीको महाअधिवेशनमा अन्य पार्टीको भन्दा धेरै नै खुला छ । वडा,पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला,प्रदेश हुदै केन्द्रीय महाअधिवेशनसम्म आउदा महिनौ लागेको छ । यी निकायमा भएको प्रतिस्पर्धा र चहलपहलले कांग्रेसको महाअधिवेशनले राष्ट्रको आम निर्वाचनकै झल्को दिएको छ ।

देशका ठूला पार्टीहरूमा देशको राजनीति शासन प्रणालीमा अव खासै भिन्नता छैन । यसैले अबको पार्टीहरूको ध्यान देश निर्माणको नीति एवं विशेष गरेर नेतृत्वले लिने आर्थिक नीतिमा केन्द्रीत भई तल्लो तहसम्म लगी बहस र विमर्सको आधारमा स्थानीय नेतृत्व चयन हुदै आएको भए अझै राम्रो हुन्थ्यो । आम कार्यकर्ताबीच देश निर्माणको वहस पुर्याएर जनमतलाई बलियो बनाउने आधारले देश र पार्टीलाई अझ फाइदा पुग्ने थियो ।

हालै सम्पन्न नेकपा र राप्रपाका अधिवेशनमा पार्टीका तल्लो तहसम्म आफ्नो भिन्नमत लान सक्ने अवस्था नभए पनि काग्रेसमा सो अवसर थियो र सभापतिको नेतृत्वमा आउन चाहनेले आफ्नो चारवर्षको राष्ट्र निर्माण सहितको योजनावध्द नीति लिएर गरेको भए सायद अहिले एउटै विचार समूहमा देखिएको नेतृत्वमा पुग्ने होडवाजीको निकास पनि सहज हुन्थ्यो। नेपाली कांगेसका लाखौ कार्यकर्ताको ठूलो आन्तरिक अभासबाट आज नेपाली कांग्रेसको आगामी नेतृत्व चयन गर्न काठमाडौ जम्मा भएका प्रतिनिधिहरू माथि नेपाली काग्रेसलाई रूपान्तरण गर्दै देशलाई बिचार र नितीले हाक्न सक्ने नेतृत्वलाई आगामी ४ वर्षका लागि स्थापित गर्ने दाहित्व आएको छ ।

देशमा अर्को बैकल्पित फरपर्दो शक्तिको उदय नफएसम्म आम चुनाब जिते पनि हारे पनि संकटको बेला सासन गर्ने र देशलाई अस्थिरताबाट जोगाउने काम अझै वर्षौ नेपाली कांग्रेसको काधमा छ भन्ने इतिहास र लगभग दुई तिहार भए पनि सरकार संचालनमा असफल भएको नेकपा सरकारबाट नै सिध्द भएको छ । सरकारमा जानु सरकार चलाउन मात्र अब कांग्रेसका लागि ठूलो कुरो होईन । बहुदलीय व्यवस्था हुदै लोकतान्त्रिक गणतन्त्र आएको यति लामो समय हुदा पनि नेपाली जनताको जीवन स्तर किन उठ्न सकेन, राष्ट्र निर्माणले किन गतिलिन सकेन, सुसाशान किन हुन सकेन् ? लोकतन्रको किल्ला मानिएका संवैधानिक निकायहरूले किन निर्भिक काम गर्न सकिरहेका छैनन् ? यी सबै प्रश्न सिधै सत्ता चलाउने पार्टी र त्यसको नेतृत्वसंग जोडिन्छ । यसैले नेपाली कांग्रेसको आगामी नेतृत्व गतिवान, सवल ,सक्षम र राष्ट्र निर्माणको स्पस्ट धारणा भएको चयन गर्ने सके काग्रेस पार्टीको यो विशाल आन्तरिक प्रजातान्तिक अभास एवं नेपाली जनता र राष्ट्रलाई सार्थकता मिल्नेछ ।